पेट्रोल पम्प मा हुन सक्ने ठगि

होसियार !

सवारी मा फ्युल भर्ने बेला यस किसिम को ठगि बाट जोगिन सजक हुन पर्ने रहेछ ।

बिशेष गरि यदि तपाइँ ललितपुर, इमाडोल स्थित भद्रकाली पेट्रोल पम्प बाट फ्युल भर्ने गर्नु भएको छ भने यो साबधानी/ध्यान पुर्याउनु होला । अहिले केहि समय अघि (श्रावन १०, शुक्रबार) बेलुकी ०८:३० तिर म बाइक मा पेट्रोल भर्न इमाडोल, ललितपुर को पेट्रोल पम्प गएँ । म भन्दा अघि एउटा स्कुटर ले २ लिटर (रु २२० बराबर को) पेट्रोल भरेको थियो र रिडर रिसेट गरिएको थिएन, भाग्यबस अन्जानै मा मैले त्यो कुरा नोटिस गर्न पुगेको थिएँ । स्कुटर हट्नु अघि नै मलाइ कति को भर्ने भनि सोधियो, १००० को भर्न चाहेको कुरा मैले भनें र अघि सरें । ट्यांक मा पम्प बिसाइ त्यहा को स्टाफ ले मेरो अनुहार मा केहि सेकंद हेरिरह्यो, कति को भर्ने नबुझेर मलाइ हेरिरहेको भन्ने ठानेर मैले २ पल्ट “१ हजार को ” भनि दोहोर्याए र त्यतिन्जेल मैले रिडर तिर नहेरेको भएर उसले अघिल्लो रिडिङ्ग बाटै तेल भर्न सुरु गरेछ र तेल झर्न थाल्ने बितिक्कै मैले हेर्दा ३ सय को रिडिंग भैसकेको थियो । त्यसपछि मैले सबै छर्लंग बुझे, र हजार को रिडिंग पुग्ने बेला ऊ रोक्न तम्सिए पछि मैले कति बाट सुरु गरेको भनि सोधें । सोध्ने बितिक्कै ३ जना स्टाफ मध्ये एक जना (जसले म बाट रु १००० को भुक्तानी बुझिसकेको थियो) ले २२० बाट हो भन्यो र मलाइ १२२० सम्म को पेट्रोल हालिदियो । “अरु लाइ पनि यसरि नै ठगि गर्ने गरेको छ?” भनि मैले सोध्दा “त्यस्तो हैन, कैलेकाही रिडिङ्ग रिसेट गर्न भुलिन्छ” भन्ने जवाफ दिए । तर त्यो कुनै हालत मा भूलवस गरिएको थिएन, मेरो मुहार मा नियालिरहनु को तात्पर्य मैले बुझिसकेको थिए । र केहि समय अघि मात्र मेरो एक जना भाइ संग पनि यस्तै भएको थियो यहि पेट्रोल पम्प मा, मैले सम्झिहालें । त्यतिन्जेल ३ जना मध्ये एक जना ले पछाडी गइ मेरो बाइक को नम्बर प्लेट हेर्यो, सायद अर्को पल्ट सतर्क रहन हुन सक्छ या उसैलाई थाहा होला किन हेरे । केहि बेर यसै बारे बिबाद भयो र उनि हरुले बिर्सेकै हो भन्ने कुरा दोहोराइरहे । राती अबेर भैसकेको हुना ले धेरै बहस गरिरहन उपयुक्त नलागे पछि अन्त्य मा “बानी सुधार तिमीहरु” भनि म त्यहा बाट निस्किए ।

एक त निजि पेट्रोल पम्प हरु मा वितरण हुने पेट्रोल को गुणस्तर माथि को प्रश्न, अर्को यस किसिमको ठगि को प्रयास । अब आफै सजग भै रिडिंग मा ध्यान दिनु बाहेक ठगि बाट बच्न अरु के उपाय होला र?

gas station
gas station

Leave a Reply

Your email address will not be published. Required fields are marked *