नेटफ़्लिक्स ले गेम निर्माण गर्दै | Netflix

netflix e3 announcement
Netflix E3 announcement

नेटफ़्लिक्स भिडियो हरु प्रसारण गरिने चर्चित र लोकप्रिय साइट हो । नेटफ़्लिक्स ले चलचित्र, सिरिज जस्ता लोकप्रिय भिडियो हरु प्रशारण गर्दै आएको छ भने ति मध्ये केहि भिडियो हरु नेटफ़्लिक्स आफैले निर्माण गर्ने गरेका छन् । व्यवसाइक रुप मा नेत्टफ़्लिक्स एकदम सफल साइट हो । यहि सफल र लोकप्रिय साइट नेटफ़्लिक्स ले आगामी दिन मा आफ्नो ग्राहक का निमित्त गेम लिएर आउन तयार भएका छन् ।

नेटफ़्लिक्स ले “नेक्स्ट गेम” नामक फिनिस गेम डेभलपर संग को सहकार्य मा आफ्नो पहिलो गेम “स्ट्रेन्जर थिन्ग्स 3 : द गेम” सार्वजनिक गर्न लागेका हुन् जुन गेम प्रसिद्ध सिरिज “स्ट्रेन्जर थिन्ग्स” मा नै आधारित रहेको छ । नेटफ़्लिक्स को पहिलो गेम आगामी जुन को 4 तारिक को दिन सार्वजनिक हुने छ। संयोगबस त्यहि दिन स्ट्रेन्जर थिन्ग्स को सिजन 3 पनि सार्वजनिक हुन गैरहेको छ । यो गेम ‘एक्स्बक्स वन’, ‘निनटेन्दो स्विच’ र ‘पी एस फो’ मा उपलब्ध हुनेछ ।

त्यसै गरि नेटफ़्लिक्स ले यसै बर्ष को अन्तिम तिर अर्को गेम पनि सार्वजनिक गर्ने तयारि गरिरहेको छ । नेटफ़्लिक्स को अर्को गेम “द डार्क क्रिस्टल : एज अफ रेसिस्टेन्स” नामक सिरिज मा आधारित रहनेछ र यो गेम पनि नेटफ़्लिक्स ले एकै डेभलपर को सहकार्य मा बन्ने छ । यी गेम हरु को घोषणा “एलेक्त्रोनिक इण्टर्टेनमेण्ट एक्स्पो (E3) मा गरिएको थियो । E3 एक बिशाल गेमिंग कन्फेरेन्स हो ।

कार्यक्रम को दौरान मा नेटफ़्लिक्स का डाइरेक्टर क्रिस लि ले भनेका छन्, “हामी फिल्म र शो हरु बाहेक अन्य माध्यम बाट पनि हाम्रो कार्य बिस्तार गर्ने अवसर को खोजी मा रहेका छौ, त्यसका लागी भिडियो गेम्स एक उत्कृष्ट अवसर हुन सक्दछ” ।

के तपाइलाइ लाग्छ नेटफ़्लिक्स ले भिडियो स्त्रिमिंग मा जुन किसिम को अब्बल स्थान ओगट्न सफल भएको छ, त्यहि सफलता गेम मा पनि पाउन सक्ने छन्? तपाइँ हरु को बिचार कमेन्ट मा लेख्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *